ताजा समाचार

केपीले सुनपानी छर्किदैमा नेपाल र पौडेलले बालुवाटार जग्गा प्रकरणबाट उन्मुक्ति पाउँदैनन् : ढुंगाना

काठमाडौं।नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संबैधानिक निकाय भए पनि बालुवाटारको भ्रातृ संस्थाको रुपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाएका छन ।

ललितानिवास प्रकरणका सम्वन्धमा नेपाली कांग्रेसको भ्रातृ तथा सुभेच्छुक संस्थाले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष ढुंगानाले कांग्रेस नेता विजय गच्छदारलाई राजनीतिक प्रतिशोधको आधारमा झुटा मुद्धा लागाईएको भन्दै आपत्ति जनाएका छन । ढुंगानाले प्रश्न गरे ललितानिवास जग्गा प्रकरणको निर्णय गर्ने प्रधानमन्त्री माधव नेपाल निर्दोश र प्रस्ताव लाने गच्छदार कसरी दोसी भए ? यो कस्तो निर्णय ? उनले थपे बालुवाटारको जग्गा व्यक्तिलाई वितरण गर्ने मुख्य मतियार नेकपा मुख्य सचिव विष्णु पौडेलले कसरी उन्मुक्ति पाए र निर्दोश महिला तिलकुमारी दोसी ठहरीने यो राजनीति पूर्वाग्रहको पराकष्ट भएको भन्दै उनले आक्रोश पोखे ।

ढुंगानाले माधव नेपाल, विष्णु पौडेललाई कारवाही नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने केपी ओलीले सुनपानी छर्किदैमा भ्रष्टाचारबाट उन्मुक्ति पाउने छैनन। नेता गच्छदार झुटा मुद्धाको प्रतिवद गर्न तयार भएको पनि बताए ।
कम्युनिष्ट सत्ताका कारण वर्तमान व्यवस्थाप्रति जनताको वितृष्णा बढेको भन्दै उनले चिन्ता प्रकट गरे । प्रधानमन्त्री व्यापारिक कम्पनीको सीइओ, न्यायाधीश, खेलाडी, कलाकार,भ्रष्ट,दलाल, बलत्कारी र मेडिकल माफियाहरुको संरक्षक बन्न खोज्दा राज्य संयन्त्रनै तहसनहस भएको ढुंगानाको आरोप थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *