देश

अध्यक्ष बस्नेतले भने-हामी गच्छदारलाई बचाउन होइनौ, सरकारको वदनियतका विरुद्ध आन्दोलित भएका हौ

काठमाडौं।नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिष्ट सत्ता परिवर्तनका लागि आन्दोलनको आधिवेहरी सिर्जना गर्ने बताएका छन । लोकतन्त्र र विधिको शासन व्यवस्था माथि कम्युनिष्ट सरकारले खेलबाड गरे ठूलो मुल्य चुकाउनु पर्ने अध्यक्ष बस्नेतले चेतावनी दिए ।

ललितानिवास प्रकरणका सम्वन्धमा नेपाली कांग्रेसको भ्रातृ तथा सुभेच्छुक संस्थाले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै बस्नेतले भने हामी विजय गच्छदारलाई बचाउन आन्दोलित भएका होइनौ । सरकारको वद्नियतका विरुद्ध आन्दोलित भएका हौ । सरकारले ललितानिवास प्रकरणका मुख्य व्यक्ति त्यसवेलाका प्रधानमन्त्री माधव नेपाल र मुख्य सचिव लिलामणी पौडेल र नेकपा महासचिव विष्णु पौडेललाई जोगाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्धा दायर गरेको भन्दै बस्नेतले आक्रोश पोखे । अध्यक्ष बस्नेतले भने अख्तियार किन टंगालमा चाहियो बालुवाटारबाट चलाए भैगोनि ! अख्तियारलाई नियन्त्रणमा लिएर राजनीतिक प्रतिशोध साध्न खोजेको भन्दै बस्नेतले आपत्ति जनाए । उनले थपे यो आन्दोलन यतिमै सीमित हुदैन । आजको आन्दोलन सुरुवात मात्र हो ।

अध्यक्ष बस्नेतले माघ २६ गतेको आन्दोलन शसक्त बनाउने उद्घोष गरे । उनले भने माघ २६ गते निशेधाज्ञा समेत तोडिन सक्छ । सरकारले एकतन्त्रिय शासन लागू गर्न खोजेको भन्दै बस्नेतले कम्युनिष्ट सत्तासंग लड्न तरुण विद्यार्थीलाई निर्देशन समेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *