ताजा समाचार

माइतिघरको अन्दोलनले सिंहदरवारमा तरंग

काठमाडौं।ललितानिवास प्रकरणमा मुसिएका नेकपाका नेतारुलाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेसको भ्रातृ तथा सुवेच्छुक संस्थाले विरोध जनाएका छन् । उनीहरु बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई फसाउने निर्णयको विरुद्धमा आन्दोलित भएका हुन ।
विरोध प्रदर्शन कार्यक्रममा ठूलो संख्यामा तरुण युवाहरुको उपस्थितिले सिंहदरवारमा समेत तरंग पैदा गरेको थियो ।
सरकारले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई आफ्नो दवाव र नियन्त्रणमा लिएर ललिता निवास जग्गा प्रकरणमा मुद्धा चलाउन बाध्य बनाएपछि आयोगको निश्पक्षता माथि संशय पैदा भएको छ । सरकारी सम्पत्ति हिनामिना प्रकरणका हुँदाका बखत प्रधानमन्त्री रहेका माधवकुमार नेपाल र बाबुराम भट्टराई र बालुवाटरमा जग्गा प्रकरणमा मुसिएका एर्का नेकपा महासचिव विष्णु पौडेलललाई उन्मुक्ति दिएर कांग्रेस उपसभापति विजय गच्छदारलाई मुद्धा चलाएको विषयलाई लिएर कांग्रेसले संसद र सडक तताएको छ ।
नेपाली कांग्रेस सुनसरीले पनि गच्छदार माथि लगाइएको झुटा मुद्धा फिर्ता नभए वर्तमान सरकार विरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । गच्छदार माथि लागाइएको झुटो मुद्धा लोकतन्त्रमाथिको प्रहार र सर्वसत्तावादी सोचको उपजको रुपमा सुनसरी कांग्रेसले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *