ताजा समाचार

सत्तारोहरण अघि राजपाका दुई नेता दिल्ली दौडाहमा

काठमाडौं । सत्तारुढ दल नेकपाले उपसभामुख अफरगरेसँग राजपाका नेताहरु दिल्ली दौडाहमा लागेका छन् । मधेसको क्षेत्रिय पार्टी राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु एकपछि अर्काे दिल्ली दौडमा लागेका हुन । राजपामा अध्यक्षमण्डलमा रहेका नेता मध्ये राजेन्द्र महत्तो र शरदसिंह भण्डारी दिल्ली पुगेका छन् । अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, महेन्द्रराय यादव, राजकिशोर यादव छन् ।

विगतमा ५ ओटा क्षेत्रिय दल मिलाएर उसले राजपा निर्माण गरेको थियो । त्यसयता यो पार्टीका यी ६ नेता रोटेसनका आधारमा अध्यक्षमण्डलका संयोजक तोकिने गरी नेतृत्व सम्हालिरहेका छन् । यी ६ नेतामध्ये राजपाका अहिले दुई नेता भारतमा छन् । शरदसिंह भण्डारी र राजेन्द्र महतो दिल्लीमा रहेको राजपा स्रोतले जनाएको छ । नेताहरुले दिल्ली भ्रमणलाई आफनो पारिवारिक भ्रमणका रुपमा बताएपनि उनीहरुले त्यहा“ राजनीतिक भेटघाटको कार्यक्रम पनि बनाएर गएका हुन् । प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल नेकपाले राजपालाई प्याकेज सहमतिमा आई सरकारमा समेत आउन आग्रह गरिरहेका बेला राजपा अध्यक्षमण्डलका दुई नेताको एक पछि अर्काे दिल्ली दौडलाई राजनीतिक रहस्यका रुपमा लिईएको छ ।

पारिवारिक यी काम नेताहरुले दिल्ली जानु अगाडी देखाएपनि त्यहा“ उनीहरुले गर्ने राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्तारोहणका लागि हत्तारिएका राजपा नेताहरुको यसरी हुन थालेको दिल्ली दौड अर्थपूर्ण नै छ । फेरि दिल्ली हिडेका यी दुबै नेता सरकारमा सहभागिताका विषयमा पार्टीभित्र लचकतामा छन् । महेन्द्रराय यादव बाहेक अन्य नेताहरु सत्तारुढ दल नेकपास“ग कुनै न कुनै सम्झौता गरी सरकारमा जान हत्तारिएका छन् । अध्यक्षमण्डलका एक नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीस“ग सम्वाद गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टीलाई उनले उपसभामुख दिन औपचारिक रुपमा प्रस्ताव नै राखेका थिए । ओलीले भने प्रदेश २ को सरकार परिवर्तन, उपसभामुख चयन, केन्द्र सरकारमा राजपाको प्रवेश लगायत विषय प्याकेज सहमति नै गर्ने र त्यसका लागि तयार हुन ठाकृुरलाई आग्रह गरेको बताइएको छ । त्यही आधारमा ठाकुरले नेताहरु दिल्ली गएको र आएलगत्तै छलफल गरि निर्णय लिएर आउने जवाफ प्रधानमन्त्रीलाई दिएर बालुवाटारबाट बाहिरिएका थिए । नेकपा राजपा सहमतिमा आए उपसभामुख राजपालाई दिन तयार छ । उसले केन्द्रमा २ मन्त्रालय दिएर राजपालाई सरकारमा ल्याउने र प्रदेश २ मा अहिलेको सरकार फेरेर आफु र राजपाको गठबन्धनमा नया सरकार गठनको प्रयास गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *