ताजा समाचार

नेकपाभित्र प्रचण्डको छुट्टै गुट हावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल एउटा गुटको नेताको रुपमा देखापरेका छन् । एकता टुंगोमा पुग्न नसक्नुमा पूर्व माओवादी भन्दा पनि पूर्व एमालेभित्रका कतिपय समूह, उपसमूहबीचको विवादले मुख्य भूमिका खेल्दै आएको देखिएको भएपनि प्रचण्ड आफैम माओवादीको गुट चलाउन बाध्य भएका छन। तर पूर्व माओवादीभित्र वैचारिक प्रवृत्तिका आधारमा केही समूह अस्तित्वमा रहेकाले गुटकै रुप देखा परेका हुन ।

त्यहाँ कार्यनीतिक सवालमा कतिपय व्यक्तिहरुको कार्यगत प्रवृत्ति मिल्ने आधारमा समूह देखिएपनि वैचारिक र संगठनात्मकरुपमा प्रचण्डको नेतृत्व वरिपरि सबै गोलबद्ध रहेको देखिन्छ ।युद्दबाट हुर्केर आएको पार्टी भएकोले स्वभावतः चेन कमाण्ड दरिलो अवस्थामा हुनु स्वभाविकै हो । यता पूर्व एमालेभित्र पनि घोषितरुपमा नै गुटवादले विकास गर्दै आएको देखिन्छ । कतिपय अवस्थामा यी गुटहरु निर्णायक बन्ने गर्दा यसको असर पार्टी र सरकारका काममा समेत पर्ने गरेको देखिन्छ । पूर्व एमालेभित्र खासगरी अध्यक्ष ओली समर्थक समूह र माधव नेपाल समूह निर्णायक अवस्थामा देखिन्छन् ।

जिल्लादेखि केन्द्रसम्म को व्यक्ति कुन समूहसँग भन्ने एउटा स्पष्ट रेखांकन त्यहाँ देखिन्छ । यो रेखांकनका आधारमा जिल्ला या प्रदेश या केन्द्रमा पार्टी एकताका कार्यभार अघि सर्दा को कुन समूहको भन्ने कुरा निर्णायक बन्छ । विचारका हिसाबले माधव नेपाल समूह र प्रचण्डहरुको विचार मिल्ने भएकोले दुबै मिलेर ओलीलाई किनारामा पार्ने समेत कतिपयको टिप्पणी देखिन्छ । कतिपयले भने ओली र प्रचण्ड मिलेर माधव नेपाललाई अप्ठ्यारोमा पार्ने रणनीति प्रचण्डले लिएका छन् भनेर समेत चर्चा गरे । जिल्ला तहमा समेत दुबै पार्टीका पूर्व समूहहरुले अस्तित्व रक्षाका लागि यो वा त्यो गुट समातेर आफ्नो पूर्व पार्टी भित्रका बिरोधी समूह या गुटलाई समाप्त गर्न सकिन्छ भन्ने बुझाई समेत बनाए ।तर प्रचण्डले भने पार्टी एकतादेखि नै गुटको अवधारणालाई पूर्णरुपमा निषेध गर्दै पूर्व माओवादी नेता तथा कार्यकर्तालाई एउटा दरिलो सन्देश दिए ।

महाधिवेशन नआउँदा सम्म वैचारिक या अन्य समूहको अर्थ हुँदैन । हामीले उनीहरुभित्रका सबै पक्षसँग समानस्तरको सम्बन्ध विकास गर्नुपर्छ र अग्रगामी एजेण्डाको मर्ममा एकता–संघर्ष–एकताको रणनीतिका आधारमा अघि बढ्नुपर्छ ।प्रचण्डले बिभिन्न समयमा पूर्व माओवादीका नेता तथा कार्यकर्तालाई यसरी स्पष्टरुपमा निर्देशन दिंदै आएका छन् ।केन्द्रीय राजनीतिमा पनि कतिपयको आँकलन विपरित उनले न माधव नेपाल समूहलाई पूर्ण सहयोग गरेर केपी ओली समूहलाई कमजोर पार्ने कोशीस गरे, न त केपी ओली समूहसँग मिलेर माधव समूहलाई पछार्ने खेले खेले ।एजेण्डा प्रधान हुँदा उनी कुनैबेला ओलीसँग मिलेको देखिए, कुनै बेला माधव नेपालसँग मिलेको देखिए ।

तर वास्तवमा यो कुनै रणनीतिक या नियोजित खेल थिएन भन्ने कुरा घटनाक्रमको विकाससँगै पुष्टि हुँदै गयो । तर गुटको मनोविज्ञान हावी भएकाहरुका लागि प्रचण्डको भूमिकाले अमूक समूह या व्यक्तिलाई फाइदा नहुँदा त्यसलाई गुटबाजी गरेको अर्थ लाग्नु स्वभाविकै थियो । प्रचण्डले यो बीचमा पार्टी एकतालाई मजबूत बनाउने र कतिपय अवस्थामा राजनीतिक निकास खोज्ने क्रममा प्रधानमन्त्री तथा अध्यक्षदेखि नेकपाका अन्य शीर्ष नेतासँग सामूहिक र बेग्लाबेग्लै छलफल गरे ।

प्रचण्डले पार्टी एकतादेखि नै पूर्व एमालेका यो वा त्यो समूहलाई अन्ध समर्थन गर्दै अर्को समूहविरुद्ध उपयोग गर्ने नीति लिने गरेका छन् । गुट रहेसम्म त्यसले विचारको निषेध गर्दछ । विचार र एजेण्डा भन्दा गुटको स्वार्थ बलियो भने पार्टी जनताबाट टाढा हुन्छ । सदस्य संख्या बढ्दैमा या निर्वाचनमा जीत हासिल गर्दैमा पार्टी बलियो हुँदैन । मुख्य कुरा पार्टीभित्र विचारको प्रधानतासहित एउटा मिशनमा सबै कार्यकर्ता सामूहिक भावनाले हिंडने अवस्था सिर्जना गर्नु हो । अहिले दोश्रो केन्द्रीय कमिटिसम्म आइपुग्दा पूर्व एमालेभित्रका कतिपय अस्थायी, स्थायी, प्रत्यक्ष र अप्रत्यक्ष गुट र समूह भत्किन थालेका छन् । यो आवश्यक थियो । पार्टी एकतादेखि अहिलेसम्म आइपुग्दा साँच्चिकै प्रचण्डले गुटबाजी गरेको लाग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *