ताजा समाचार

ललितानिवास जग्गा प्रकरणमा का‌ंग्रेसले भन्यो सरकारको नियत ‘आफ्नालाई जोगाउने र अरुलाई फसाउने’ देखियो

काठमाडौं।नेपाली कांग्रेसले ललितानिवास जग्गा प्रकरणमा प्रधानमन्त्रीद्वय माधव नेपाल र वावुराम भट्टराईलाई उन्मुक्ति दिएर त्यही मन्त्रिमण्डलका सदस्य विजय गच्छदारलाई मुद्दा चलाउने अख्तियारको निर्णय वदनियतपूण भएको ठहर गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिकण्ठमा बसेको पदाधिकरी बैठकले कांग्रेसका उपसभापति गच्छदार माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतपूर्वाक भएको ठहर गरेको हो । नेपाली कांग्रेसले यस घटनालाई कांग्रेस नेता र कार्यकर्ता माथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने श्रृङ्खलाका रुपमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गलत ढंगले प्रभावित गरी राजनैतिक पूर्वाग्रहका साथ माघ २२ मा उनी माथि मुद्दा दायर गरिएको नेपाली कांग्रेसको आराेप छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनका क्रममा भने प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएको कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ । प्रधानमन्त्रीको सहमति वेगर न मन्त्रिपरिषद्मा कुनै प्रस्ताव आउन सक्छ न कुनै प्रस्ताव पारित हुन सक्छ भन्ने तथ्य निर्विवाद छ । नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधव नेपाल र वावुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रिमाथि त्यही निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैंमा वदनियतपूर्ण रहेको प्रष्ट छ । शर्माले भनेका छन बालुवाटार जग्गा प्रकरणको गहिरो छानविनका लागि नेपाली कांग्रेससँगै सिंगो राष्ट्रले माग गर्दै आएको हो । नेपाली कांग्रेस यो लगायतका अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धानका पक्षमा थियो र रहनेछ । तर शुरुवात देखिनै सरकारको नियत ‘आफ्नालाई जोगाउने/अरुलाई फसाउने’ देखियो । सरकारको त्यही नियतको प्रभाव र दवावमा अख्तियार पर्नु दुःखद छ ।

विजयकुमार गच्छदार पछि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालिन जेल र प्रवास भोग्दै ०४८ सालदेखि निरन्तर रुपमा जनताबाट निर्वाचित नेता हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न गराउने गरी भ्रष्टाचार निवारण ऐन, ०५९ नेपाली कांग्रेसको नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरी पारित गरिदा उनी त्यो मन्त्रिमण्डलको सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *