काठमाडौं । नेपालमा पहिलो पटक सुपरमार्केट सञ्चालन गरेर चर्चामा आएका मिनबहादुर गुरुङ अन्नत वालुवाटार जग्गा काण्डमा फसेका छन् । बालुवाटार जग्गा घोटाला काण्डका नाइके भनी प्रचारमा आएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मिनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समान प्रकृतिको आरोप लगाएको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उनीहरुले नै बालुवाटाररको सरकारी जग्गामा कीर्ते मोही खडा गरेको दावी गरिएको छ । विशेष अदालतमा दायर गरिएको मुद्दामा मिनबहादुर, शोभाकान्त र रामकुमारलाई लगाइएको आरोप मा भने राष्ट्रसेवक कर्मचारीहरुलाई अनुचित प्रभावमा पारेको,सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा हालसाविक गर्ने गराउने काम गरेको,सार्वजनिक जग्गामा अनाधिकृत व्यक्तिहरुलाई कृत्रिम रुपमा मोही खडा गर्ने गराउने काम गरेको, बदनियतपूर्वक ललिता निवास क्याम्प भित्रको अधिकांश जग्गा आफू, आफ्नो परिवार र आफैं सञ्चालक भएको कम्पनीको नाममा सारेको भन्ने उल्लेख छ । उनीहरु विरुद्धको आरोप प्रमाणित भए राज्यलाई अरबौ रुपैया फलदायी हुनेछ ।




