खेलकुद

टस जितेर नेपालले ओमानलाई ब्याटिङ निम्तो दियाे

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले टस जितेर ओमानलाई ब्याटिङमा बोलाएको छ । बुधबार टियु क्रिकेट मैदानमा नेपालले टस जितेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सुशान भारी र अभिनाष बोहराले डेब्यु गरेका छन्। त्यस्तै यो खेल सुरुभएसँगै एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवी क्रिकेट मैदानले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेलसँगै त्रिवी मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

आजको नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, सुशान भारी, रोहितकुमार पौडेल र शरद भेषावकर प्लेइङ इलाभेनमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *