ताजा समाचार

कांग्रेस क्षेत्रीय कार्यसमिति भक्तपुरले भन्यो-चीनबाट फर्किएका नेपालीलाई राख्ने खरिपाटीको सुरक्षित विकल्प खोजियोस

भक्तपुर।नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १ भक्तपुरले चीनबाट फर्किएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारी तयारीको विरोध गरेको छ ।
क्षेत्रीय सभापति जीवन खत्रीको सभापतित्वमा बसेको बैठकले सरकारले अवस्यक तयारी बिना घना बस्तीको बीचमा नोवल कोरोनाका विरामीलाई अनुसन्धान तथा परिक्षण केन्द्र राख्न लागेको भन्दै आपत्ति जनाएकोछ । घना बस्ती,खानेपानीका मुहान,खोलानाल छेउँ यस्तो घातक अनी सरुवा रोगको अनुसन्धान स्थल नबनाउन क्षेत्रीय समितिले सरकारलाई चेतावनी दिएको छ ।


क्षेत्रीय सभापति खत्रीले भने सरकारी पक्षबाट जिम्मेवारी सहित जनहितका लागि खरिपाटीको सुरक्षित विकल्प खोजियोस । विश्वव्यापी महामरीको रुपमा फैलिएको कोरोना रोगको परिक्षण स्थल खरिपाटीलाई बनाईए नेपाली कांग्रेस क्षेत्रीय समिति चुप लागेर बस्दैन ।
क्षेत्रीय कार्यसमिति बैठकले विश्वव्यापी महामरीको रुपमा फैलिएको नेवल कोरोना भाइरसको संक्रमणबाट बच्न सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ ।


यसै गरि क्षेत्रीय समिति बैठकले पर्यटकीय नगरी नगरकोट जोड्ने सडक निर्माणको कार्य द्रुत गतिमा अघि बढाउन सम्वन्धित पक्षलाई आग्रह गरेको छ । अठ वर्ष अघि निर्माण कार्य सुरु गरिएको सडकको काम कछुवा गतिमा अघि बढाइदा थपिएको म्याद भित्र सडक निर्माण कार्य सम्पन्न हुनेमा आसंका पैदा गरेको कांग्रेसले जनाएको छ । यस सडक खण्डको म्याद २०७६ चैत्र ७ गते सकिदै छ । निर्माण पक्षले दु्रत गतिमा सडक निर्माणको कार्य अघि नबढाए फागुन १ गतेबाट आन्दोलन गर्ने चेतावनी नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति भक्तपुरले दिएको छ ।
यस्तै क्षेत्रीय कार्यसमिति वैठकले भक्तपुर १ क का सांसद कृष्णलाल भडेल वागमति प्रदेशका कांग्रेस संसदीय दलको उपनेता मनोनित भएकोमा बधाई ज्ञापन गरेको छ ।
क्षेत्रीय सभापति जीवन खत्रीको सभापतित्वमा सम्पन्न बैठकमा क्षेत्रीय समितिका पदाधिकारी एवं सदस्यहरु,संसदीय दलको उपनेता भडेल, प्रदेश संसद रजनी जोन्छे, कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी,नेविसंघ,तरुण दल, महिला संघ लगायतका भ्रातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *