ताजा समाचार

भीम रावलको दावी एमसीसी नेपालका लागि घातक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै पनि हालतमा स्वीकार्य नुहने बताएका छन् ।
देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा गरेको ‘एमसीसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा एमसीसी लागू हुने कुरा सोच्न नसक्ने बताए ।नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन समिति गठन गरेको छ ।
खनालको संयोजकत्वमा गठन भएको समितिमा विवादलाई स्थापित गर्ने नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । उनीहरु संलग्न भएको कार्यदलको पहिलो बैठक पनि बसिसकेको छ । तर उनले एक कार्यक्रममा बोल्दै ‘नेपालमा एमसिसी लागू गर्ने कुरा मात्रै नभएर त्यसबारे सोच्‍नसमेत सकिँदैन’, रावलले भने, ‘नेपालको संविधान भन्दा माथि रहेको सम्झौता लागू भएमा भोलि अमेरिकाले चाहे अनुसारको कानुन बनाएर नेपालमाथि लगाउँछ ।’अमेरिकाले प्रकाशित गरेको प्रतिवेदनमा एमसिसी इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंश भएको स्षप्टरूपमा खलासकेको पनि जानकारी दिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *