ताजा समाचार

चीनबाट नेपाली विधार्थी नेपाल नल्याउने सरकारकाे संकेत, कांग्रेसकाे प्रश्नले सरकार रन्थनियो

काठमाण्डाैं।सरकारले चीनमा रहेका नेपाली विधार्थीलाइ फिर्ता ल्याउने वा नल्याउने भन्नेवारेमा अझै टुंगाे लगाउन सकेकाे छैन।मंगलवार संसदकाे वैठकमा जब स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाइ यसवारेमा सांसदले अनगिन्ती सवाल गरे तब उनी एकछिन तिलमिलाए।सांसदहरू देवेन्द्रराज कँडेल,पुष्पा भुषाल,खगराज अधिकारी,प्रदीप यादवले एकपछि अर्काे सवाल गरे तब उनी उनी तिलमिलाएका हुन।अहिलेसम्म १८० जना नेपाली विधार्थीले नेपाल फर्कन फर्म भरेका छन तर यता सरकार भने तिनलाइ नेपाल ल्याउने कि नल्याउने भन्ने अन्याेलमा परेकाे छ।संसदमा सांसदकाेसवाल सुनेपछि अवाक भएका मन्त्री ढकालले भने-यदि काेराेना भाइरस लागेकाे रहेछ भने तिनलाइ नेपाल फर्काउन चीनले दिदैन।र,नेपालमा ल्याएर कहाँ राख्ने भनेर प्रधानमन्त्रीसहित हामीले दुइ पटक गम्भीर बहश गरिसक्याैं।कहाँ राख्ने ? ठाउँ फेला परेकाे छैन।र,नेपालमा ल्याएर मात्र पनि हुदैन।कतिपय सांसदले भनेजस्ताे संसद भवनमा राख्ने कुरा पनि भएन।र,पर गाउँमा गएर राख्ने कुरा पनि भएन।तर हामी उनीहरूलाइ ल्यउाउनेछाैं।

उनकाे भनाइले सरकार विधार्थीलाइ नेपालमा ल्याउन तयार देखिएकाे छैन।यदि ल्याइहालेमा पनि कहाँ राख्ने भनेर कुनै याेजना बनाइसकन सरकारले भ्याएकाे छैन।

यति भनेपछि कांग्रेस सांसदले विधार्थी मात्र हाेइन चीनमा रहेका नेपाली नागरिकलाइ के गर्ने ? उनीहरूलाइ ल्याउनुपर्दैन ? भनेर सवाल गरयाे । कांग्रेसकाे याे सवाल सरकारलाइ झन अप्ठयाराे पार्ने खालकाे थियाे।यसपछि मन्त्री ढकालले चिनमा रहेका नेपाली ल्याउन सरकार तयारी हालतमा रहेकाे बताए।तर कहिले र कहाँ राख्ने भन्ने जवाफ भने उनले दिन सकेनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *