अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नंं २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ। मंगलबार बिहानै उनको शव घर नजिकै भेटिएको हो । ४० बर्षिय धामीको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।
उनी नेपाली कांग्रेसबाट निवार्चित भएका थिए । हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए ।
हत्या कसले गर्यो भन्ने कुरा एकिन हुन सकेको छैन। प्रहरी घटनास्थल तर्फ गएको नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।




