ताजा समाचार

गृहको सचिवमा महेश्वर न्यौपाने, राईले पाए नियमित अवकाश

काठमाडौँ । सरकारले गृह मन्त्रालयकाे सचिवमा महेश्वर न्यौपानेलाई ल्याउने भएकाे छ । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको स्राेतले बतायाे  ।

यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो । राईको साेमबार नै मन्त्रालयमा एक कार्यक्रम गरी बिदाइ गरिसकिएको छ। वि.सं. २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *