काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकमा उठेका जवाफ दिन सचिवलाय बैठक बसेको छ । गत बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने भएकाले सचिवालय बैठक बसेको हो । बैठकमा सबै नेताहरु सहभागी छन् । केन्द्रीय कमिटी बैठकमा सचिवालय नेताहरुलाई बोल्न दिइएको छैन ।
केन्द्र्रीय कमिटी बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । नेकपा घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पमकल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । १५ समुहमा भएको छलफलमा धेरैजसो नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।




