काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रतिवेदन सरकारलाई बुझाएको छ । सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइएको हो । मन्त्रिपरिषदको कार्यदेश बमोजिम अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्याएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको हो ।
ब्युरोले गरेको अनुसन्धान प्रतिवेदन प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनाल र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० निरजबहादुर शाहीले बिहीबारै गृह मन्त्रालयमा बुझाइसकेका छन् ।
सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।स्रोतका अनुसार उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल ९भूमाफिया० सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ ।प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ ।सो जग्गा सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै छानबिन गरिरहेको छ । सिआइवीले दीप बस्न्यात, कलाधर देउजा, सुधीर शाह, शोभाकान्त ढकाल, दिनेशहरी अधिकारी, रामकुमार सुवेदी, मिनबहादु गुरुंग, हुपेन्द्रमणी केसी, हेमाद्री राणा, रुक्मशमशेर राणा, गेहनाथ भण्डारी, टिकाराम घिमिरे, उर्मीला शाह लगायत करिब ४० जनालाई कारवाहीको सिफारिस गरेको छ। सीआईबीले उनीहरुमाथि कीर्ते जालसाँझी, सरकारी सम्पत्ति हिनामिना र ठगीको कसूर अन्तरगत कारवाही अघि बढाउन भनेको छ । ब्युरोले अनुसन्धानका क्रममा करिब एक सय जनासँग बयान लिएको थियो । तर, अधिकांशले आरोप अस्वीकार गरेका छन् ।
ताजा समाचार




