काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विपक्षमा निरन्तर वकालत गर्दै आएका नेकपा स्थायी कमिटीका सदस्य भीम रावललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएर भेटघाट गरेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका कारण रावललगायतका नेताहरुलाई भेटघाट गरेका हुन । जारी नेकपा केन्द्रीय समितिको बैठकमा एमसीसीका बिरुद्ध धेरै नेताहरु उभिएका छत् ।
दुई अध्यक्ष नै अल्पमतमा पर्ने निश्चित भएपछि दाहालले एमसीसीका बिषयमा रावललाई मौन बस्न आग्रह गरेका थिए । नेकपा केन्द्रीय समितिको बैठक बस्नुको ठिक एक दिनअघि १४ माघमा अध्यक्ष दाहालले रावलसँग छलफल गरेका थिए । रावललाई मनाउन ओलीले दाहाललाई जिम्मा दिएका छन् । रावल केही समयअघि गृहजिल्ला अछाम पुगेका थिए । अछाम रहेका रावललाई अध्यक्ष दाहालले निरन्तर फोन सम्वाद गरी १२ माघमा काठमाडौ बोलाएका थिए । काठमाडौ आएलगतै दाहाल र रावलबीच भेटवार्ता भएको थियो ।
तपाई अहिले एमसीसीका बिषयमा मौन बसिदिनुपर्यो, केन्द्रीय समितिको बैठक सकिएपछि बाँकी छलफल गरौला, रावललाई दाहालले भनेका थिए केन्द्रीय समितिमा एमसीसीको बिषय उठाउँदा पार्टी नै समस्यामा पर्छ, तपाईले समस्यामा पार्दिन भएन । एमसीसीका बिषयमा दुई अध्यक्षलगायत नेकपाको मुल नेतृत्व अल्पमतमा पर्ने निश्चित छ । दूई अध्यक्ष नै अल्पमतमा पर्ने भएपछि दाहालले एमसीसीमा मौन बसिदिन आग्रह गरेका थिए । तर दाहालको प्रस्ताव रावलले अस्वीकार गरे । उनले एमसीसीको प्रस्ताव केन्द्रीय समितिमा ल्याउन आग्रह गरेका थिए । रावल निकट एक नेताकाअनुसार अध्यक्ष दाहालको राजनीतिक प्रतिबेदनमा एमसीसीको बिषय मौन भएपछि पहिलो दिन नै उनले एमसीसीलाई एजेण्डा बनाउन आग्रह गरेका थिए । तथ्य र प्रमाणका आधारमा बोल्ने भएपछि रावलसँग नेकपाका शीर्ष नेताहरु डराउने गर्दछन् । दाहालको आग्रह पनि नमानेपछि रावललाई सम्झाउन वरिष्ठ नेता माधव नेपालसँग आग्रह गरिएको छ । अध्यक्ष दाहालले रावललाई सम्झाउन नेपालसँग आग्रह गरेका थिए ।




