ताजा समाचार

यौन शोषणको अभियोग लागेका एसएसपी शौरभ शम्शेर राणा निलम्बीत

काठमाडौं । यौन शोषणको अभियोग लागेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) शौरभ शम्शेर राणालाई निलम्बन गरिएको छ ।

एसपी हुँदादेखि नै एक महिलाको पटक–पटक यौन शोषण गरेको भनी गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । छानबिनका लागि सजिलो बनाउन राणालाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । बहालमा राखेरै अनुसन्धान गर्दा प्रमाण नष्ट गर्न सक्ने भएपछि उनलाई निलम्बनमा राखिएको बताइएको छ । संघीय प्रहरी इकाई धरानका प्रमुखका रुपमा राणा कार्यरत थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *