काठमाडौं । नेकपाका सांसद गजेन्द्र बहादुर महतले छाउगोठको नाममा गरिब जनताको घर भत्काएकाे आराेप लगाउदै गृह मन्त्रालयको कार्यप्रति आपति जनाएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महतले गहु मन्त्रालयको कामप्रति आपती जनाएका हुन् । गहु मन्त्रालयप्रति आक्रोश पोेख्दै उनले भने ‘काम नपाए बुहारी कुकुरको पुछ कन्याउ’ भन्ने उखान गृहमन्त्रालयसँग मिलेको छ । ‘छाउगोठका नाममा हाम्रा घरहरु भत्काइएका छन्। एक जना मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?’ महतले भने, ‘आठजना भारतीय नागरिकको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने ?
त्यसैगिर सांसदहरुले मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन् ।
“नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि कामपाभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय छन्”, उनी भन्छिन् “तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोग भएका छन् ।” राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नहुनु अत्यन्त पीडादायक अवस्था भएको उल्लेख गर्दै उनले महानगरको यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले मादपण्डअनुसारको शौचालयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । नेकपाकी इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल भएको आरोप लगाइन् । चुरे दोहन रोक्न नसक्दा माफिया मौलाएको उल्लेख गर्दै उनले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गरिन् ।
नेकपाकै कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पु¥याएको भन्दै किसानलाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई अहिलेसम्म पनि राहतको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् । नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो रु भन्दै जिज्ञासा राखे ।
नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । “तत्कालका लागि चीनबाट आवातजावत बन्द गरियोस्, नागरिकलाई उच्च सतर्कताको व्यवस्था मिलाइयोस्”, उनले भने । नेकपाका घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाए । उनले शून्य समयलाई हटाएर विशेष समय उपलब्ध गराउन सदनको ध्यानाकर्षण गराए ।
नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गरे । उनले सो सडक विस्तार गरी आठ लेनको बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।




