काठमाडौं । नेपाल प्रहरीमा कार्यरत तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिकारीहरु घुसकाण्डमा बद्नाम भएका बेला प्रहरीभित्र अर्को रोग बलात्कार काण्ड भित्रिएको छ । प्रहरीका उच्च अधिकारीकै यौन काण्ड बाहिरिन थालेका छन् । नेपाल प्रहरीमा यौन दूव्र्यवहार गरेको आरोपमा एक डिएसपीले करिब डेढमहिना अघि जागिरबाट हात धुनु परेको छ । जिल्ला प्रहरी मोरङमा कार्यरत रहेका डिएसपीले आफ्नो सेवा अवधि दुई बर्ष बाँकी हुँदा हुदै राजिनामा दिएका हुन ।
२३ वर्षे युवतीले आफूलाई ६ महिना यौन शोषण गरेको आरोपसहित प्रहरी प्रधान कार्यालय उजुरी छानवीन शाखामा मुद्धा हालेपछि जागिर छाडेर उनी फरार भएका छन । गत बर्ष महानगरीय प्रहरी चापागाउँमा कार्यरत रहेका डिएसपी राजकुमार खिउजुलाई यौन दूव्र्यवहारको आरोप लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सो आरोप लागेपछि मोरङमा कार्यरत रहेका खिउजुले डेढ महिना अघि जागिरबाट राजिनामा दिएर सम्पर्क विहिन भएका छन्। प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानवीन समितिले भने उनको फाइल लुकाएको छ । प्रहरी नायव महानीरिक्षक (डिआइजी) मनोज न्यौपानेको टेबुलबाटै सो फाइल हराएको स्रोतले जनाएको छ । चापागाउँ प्रहरी प्रमुख हुँदा ती किशोरी विदेश जानका लागि प्रहरी रिपार्ट बनाउन भन्दै डिएसपीको सम्पर्कमा पुगेकी थिइन ।
प्रहरी रिपोर्ट चापगाउँ प्रहरीमा नबन्ने भएकाले उनलाई जावलाखेल प्रहरी परिसर लगिदिने बहानमा आफ्नो कोठामा पुर्याइ बलात्कार गरेका थिए । निरन्तर ६ महिनासम्म बलात्कार गरेपछि उनको सरुवा मोरङ जिल्ला प्रहरी कार्यालयमा भएको थियो । ती युवतीलाई विभिन्न प्रलोभन दिएर बलात्कार गरेको आरोप उनीमाथि छ । डिएसपी खिउजुको सरुवा भएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन । पहिला महानगरीय प्रहरी परिसरमा उजुरी दिन गएकी ती युवतीलाई त्यहाँका एक डिएसपीले त्यतिकै फर्काएका थिए । पछि प्रहरी प्रधानकार्यालयमा पुगेर उजुरी दिएकी थिइन । त्यसपछि खिउजु दम्पत्तिले ती किशोरीलाई भेटेर माफी माग्दै जे भन्यो त्यही गरिदिने आश्वसन दिएपनि ती किशोरीले मुद्धा फिर्ता नलिने बताएकी थिइन ।
प्रहरी स्रोतका अनुसार हाल डिएसपी खिउजुलाई मिलाउन भनेर ललितपुर नेकपाका केही युवा नेताहरु अग्रसर भएका छन् तर खिउजु नै सम्पर्क विहिन भएकाले त्यो मुद्धा त्यतिकै प्रहरी प्रधानकार्यालयमा अलपत्र परेको छ । ‘डिआइजी न्यौपानेले नै यस्ता मुद्धा कति आउछन कति भन्दै फाइल खोल्न मान्नु भएन धेरै प्रहरीको उजुरी आएका छन् सबैको हेरेर साध्य लाग्दैन’, डिआइजी न्यौपानेको भनाई उदृत गर्दे प्रधानकार्यालय स्रोतले भन्यो ‘उहाँ बसिन्जेल यो फाइल खुल्दैन ।’ डिआइजी न्यौपानेले उनलाई किन संरक्षण गरेका हुन भन्ने बारेमा केही खुलेको छैन। अबको १२ दिनपछि डिआइजी न्यौपाने ३० बर्षे सेवा अवधिका कारण जागिरबाट विदा हुदैछन् ।
एक प्रहरी अधिकृतका अनुसार त्यसअघि उनी त्यस्ता फाइल खोल्न चाहैनन । आफ्नो कार्यकालमा खासै योगदान गर्न नसकेका डिआइजी न्यौपानेले प्रहरीभित्रका गुनासालाई छानवीन नगरी विदा हुन लागेका हुन । आन्तरिक शुद्धिकरणमा लागेको प्रहरी संगठनभित्र खिउजुमात्र होइन अन्य प्रहरीलाई पनि बलात्कार काण्डले पछ्याउन छाडेको छैन । केही दिन अघि मात्रै प्रहरीको विधिविज्ञान प्रयोगशालामा कार्यरत एसएसपीलाई त्यहीको महिला प्रहरी कर्मचारीमाथि बलात्कारको अभियोग लागेको छ । तर उनले राजिनामा भने दिएका छैन ।
तस्वीर : गुगल




