ताजा समाचार

अर्थ र गृहसचिव बन्न दौडधुप शुरु : ४ सचिव सेवा निवृत्त हुँदै

काठमाडौं । अर्थ र गृहसचिव बन्न प्रतिस्पर्धा,४ सचिव सेवा निवृत्त हुँदै माघ २२ देखि ४ सचिव सेवा निवृत्त हुने भएपछि गृहसचिव बन्न दौडधुप शुरु भएको छ । गृह सचिव प्रेम राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य तथा नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर अवकाश हुने भएकाले गृहमा जान चाहने सचिवबीच प्रतिस्पर्धा शुरु भएको हो ।

स्रोतका अनुसार अवकाश हुन लागेका सचिवको संवैधानिक अंगमा नियुक्तिका लागि अहिलेदेखि नै चर्चा सुरु भएको छ । एकातिर, सेवा निवृत्त हुँदै गरेका सचिवहरू अर्को नियुक्तिका लागि लबिङमा छन् भने अर्कोथरि ५ दिनपछि खाली हुन लागेको गृह र अर्थ सचिवमा जान अन्य कार्यालयमा कार्यरत सचिवले लबिङ सुरु गरेका छन् ।

खासगरी गृहसचिवमा जान यादव कोइराला (हाल संघीय मन्त्रालयका सचिव), सुरेश अधिकारी (हाल प्रदेश १ का सचिव), केदार न्यौपाने (हाल महनगरपालिका सचिव), महेश्वर न्यौपाने (हाल अख्यितारमा कार्यरत), सूर्य गौतम (हाल भूमि व्यवस्था मन्त्रालयमा कार्यरत), रामकृष्ण सुवेदी (हाल प्रदेश २ मा कार्यरत) लागयातका सचिवले लबिङ सुरु गरेका हुन् ।

गृहसचिव राईले गौतमलाई गृहमा लैजान चाहेपनि उनी गृहमा नबसेका कारण त्यति सहज छैन । यादव कोइराला बाहेक अन्य सचिव गृहमा नबसेका कारण कोइरालालाई लैजाने संभावना बढिरहेको छ । गृहमा कोइरालाका अतिरिक्त न्यौपाने पनि लालयित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *