काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थलमा टाँगिएको ब्यानरबाटअध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको तस्बिर हटाउन माग गरिएको छ । आयोजकले बैठकको दायाँ र बायाँ अध्यक्षद्वय ओली र दाहालको फ्लेक्स तस्बिर राखेपछि नेताहरु सामान्ती रुपमा देखिन थालेको भन्दै नेताहरुले सो मग गरेका हुन ।
बैठकमा केन्द्रीय सदस्य राजेन्द्र राईले अध्यक्षद्वयको तस्बिर हटाउन माग गरेका थिए । ‘पार्टीमा सबैलाई कमरेड भन्ने गरिन्छ’ बैठकमा युवा नेता राईले भने, ‘कमरेड भनेको साथी हो । भूमिका र जिम्मेवारी फरक९फरक भए पनि पार्टीमा सबै समान छन् । त्यही भएर सबैलाई कमरेड भन्ने गरिएको हो ।’ पार्टीले केही दिनअघि मात्र कसैलाई पनि तँ र तिमी भन्न नपाउने आचारसंहिता जारी गरेको छ ।
पार्टीले सबैलाई समान ठानेपछि बैठकमा अध्यक्षद्वयको तस्बिर राख्न उपयुक्त नहुने युवा नेता राईको भनाई छ । ‘पार्टीले सबैैलाई समान मानेको छ, तँ र तिमी भन्न नपाउने आचारसंहिता समेत लागू भइसकेको छ’ उनले भने , ‘बैठकमा अध्यक्षद्वयको तस्बिर किन राखियो रु बैठकबाट अध्यक्षद्वयको तस्बिर हटाइयोस् ।’ उनले नेताहरुले आफूलाई राजाको रुपमा प्रस्तुत गर्न खोजेको आरोपनि लगाएका थिए । नेता राई अखिलका पूर्व अध्यक्ष हुँदा चर्को भाषण गर्ने नेताको रुपमा परिचय बनाएका थिए।




