कला/साहित्य

सहिदको सम्झनामा : हजार दियाला

दिदै दन्कदो ज्वालामा आहुती रगतको
जलि आफै खोज्दै खुसी सारा जगतको
हासीहासी थापेउ छाति गोलि दुस्मनको
किन्चित लोभ नगरि आफ्नो जिवनको
चल्दा भुमरी दमनको प्यारा सपूत ढले
खेप्यो कति हेर पीडा मेरो यो मुलुकले
गरि खोज सुन्दर कुसुमको कडा भित्र
बनायौ हे सहिद यो देश स्वच्छ पबित्र
तिम्रो खाचो खड्कन्छ दिनदिन पलपल
मिल्दा थोरै खुसी र हुदा म केही सफल
नझुकी कत्ति फासिमा कसरि लियौ निद
देउ शन्देस सहिदपुरी बाट हे दाजु सहिद
दुख्दो छ देश चरक्क चर्किएर दर्चुलामा
बिडम्वना नेता गण सबै पस्छन दुलामा
आज फेरि घुम्दा चीन गिद्दहरु सगरमा
हे प्यारा के गर्नु तर तिमी छैनैउ घरमा
मात्र नछरुन् तिम्रा सालिकमा फुलअछेता
हिडुन सदा-सदा तिम्रा बाटामा यी नेता
उनुन तिम्रो सम्झनामा सबैले एक माला
बालुन सुनौला किरणका हजार दियाला

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *