ताजा समाचार

नेकपा केन्द्रीय कमिटी बैठकमा एमसीसीले प्रवेश पाउदै

काठमाडौ । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठक बुधवार राजधानी काठमाडौंमा बस्दैछ । बैंठकका लागि जिल्लामा रहेका केन्द्रीय सदस्यहरु राजधानी काठमाडौं आउन थालेका छन् भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिबेदन लेख्न ब्यस्त भएका छन् । नेकपा केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले के प्रस्ताव ल्याउँछन् ?

त्यो एकिन नभएपनि प्रभावशाली केन्द्रीय सदस्यहरुले भने आफ्नो तयारी थालेका छन् । पार्टी र सरकारका बिषयमा उनीहरुले प्रश्न गर्ने तयारी गरेका छन् । एमसीसी, पार्टी महाधिबेशन, जनवर्गीय संगठन, विभागको पूर्णताजस्ता बिषयहरु उठाउने एकथरी केन्द्रीय सदस्यहरुले तयारी गरेका छन् भने महिला सांसदहरुले पार्टीभित्र महिला अधिकारका बिषयमा कुरा उठाउने तयारी गरेका छन् । ‘पार्टी मिल्यो तर अझै मन मिलेका छैनन, शीर्ष तहदेखि तल्लो तहसम्म एकताको मन मिलाउने अभियानको घोषणा हुनुपर्दछ’ नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले भने ‘नेता र कार्यकर्ताबीच जति सम्बन्ध राम्रो हुन्छ, त्यति नै पार्टी एकता स्मुदरुपमा अगाडी बढ्छ ।’ केन्द्रीय कमिटीको बैठकपछि नेकपाले देशब्यापी अभियानको थालिनी गर्नेमा केन्द्रीय सदस्यहरु विश्वस्त देखिएका छन् ।

‘देशभरका नेता कार्यकर्ताले केन्द्रीय समितिको बैठकलाई हेरिरहेका छन, त्यहाँबाट जस्तो संदेश आउँछ, पार्टी त्यस्तै बन्छ’ नेता रिजालले भने । पार्टीभित्रका हिजोका सम्बन्धभन्दा पनि आजको आवश्यकताका आधारमा पार्टीले नयाँ नीति लिनु पर्ने केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको जोड छ । ‘हिजोका आन्तरिक सम्बन्धका आधारमाभन्दा पनि एजेण्डा र बिषयका आधारमा सहमति खोज्ने हो’ नेता बस्नेतले भने ‘नेताहरुले उठाएका जायज कुरालाई समर्थन र गलत कुरा सच्याउन लबिङ गर्नुपर्दछ ।’ स्थायी कमिटीमा टुंगिन नसकेको एमसीसीको बिषय केन्द्रीय समितिमा जोडबलका साथ उठाउने केही नेताहरुले तयारी थालेका छन् । विषेशगरी स्थायी कमिटीका नेताहरुले एमसीसीका बिषयमा कुरा उठाउने र केन्द्रीय समितिबाट फेल गराउने कसरत थालेका छन् । एमसीसी जस्ताको तस्तै लागु गर्न नहुँने पक्षमा नेकपाभित्र ठुलो मत रहेको छ । नेता भीम रावल, लिलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु एमसीसीका बिपक्षमा छन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा एमसीसीमा सहमति जुट्न नसकेपछि पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो । सचिवालयले पनि एमसीसीका बिषयमा निर्णय लिन सकेको छैन । केन्द्रीय समितिमा अध्यक्ष दाहालले यो बिषय आफ्नो राजनीतिक प्रतिबेदनमा राखेपनि एजेण्डाका रुपमा भने ल्याउने छैनन् । प्रचण्डले एजेण्डाका रुपमा नल्याएपछि कुरा उठाउने र केन्द्रीय समितिबाट फेल गराएर पठाउने गरी केही केन्द्रीय नेताहरु लागि परेका छन् । उनीहरुले केन्द्रीय सदस्यहरुसँग पनि छलफल गरिरहेका छन् । पहिला केन्द्रीय सदस्यहरुले भने संविधानअनुसार पार्टीमा पनि महिलाको सहभागीताको कुरा उठाउने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *