ताजा समाचार

सभामुख सापकोटाविरुद्धको मुद्दा आज सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ । सोमवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो ।

सुनुवाइ नसकिएपछि आजका लागि राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबार पेशी तोकिएको भएपनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीश नहुँदै बहस गरेको हुनाले हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *