ताजा समाचार

मेडिकल सञ्चालक प्रसाई कता वेपत्ता ?

काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदालतले अनुमति दिएको एक साता वितिसक्दा पनि पक्राउ परेका छैनन । भक्तपुर जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई आनुमति दिएपछि उनी फरार भएका हुन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईलाई पक्राउ गर्न अनुमति मागेको थियो ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । प्रसाईं भने फरार छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको बताएको एक हप्ता वित्यो । ‘प्रसाईंविरुद्ध हाम्रोमा एउटा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न भनेर पक्राउ गर्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं । अहिले प्रशासनले पक्राउ गर्ने अनुमति दिएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रधानले उनी विरुद्धको मुद्धामा भनेका थिए ।

तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन । प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । पछि, आयोगका उपाध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंले लगाएको आरोपको खण्डन गरेका थिए । गिरीले प्रसाईंविरुद्ध मानहानी गरेको तथा आफूलाई असुरक्षित हुने गरी गतिविध गरेको आरोप लगाएर महानगरीय प्रहरी परिसर भक्तपुरमा समेत उजुरी दिएका थिए । गिरीको सोही उजुरीका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि उनी भने अहिले फरार छन् । भक्तपुर प्रहरीले प्रसाईंको खोजी गरी पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयमार्फत अन्तरजिल्ला समन्वय गरिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *