काठमाण्डाैं।गायिका आस्था राउतलाई मिलापत्रमा छाडने तयारी भइरहेकाे छ। साेमवार विहानै परिवार सहित प्रहरी समक्ष हाजिर भएकी राउतलाई लगत्तै प्रहरीले वीर अस्पताल लगेकाे थियाे।
अस्पतालमा उनकाे स्वास्थ्य परिक्षण गरेकाे थियाे। यसपछि प्रमुख जिल्ला अधिकारी समक्ष लगेर उनलाई मिलापत्रका छाडने तयारी भइरहेकाे छ।नेपालबाट सिक्किम जादा प्रहरीसंग झगडा गरेकी राउतले यसपछि सिक्किम पुगेर प्रहरीलाई तथानाम गाली गरेकी थिइन।उनले यसरी गाली गरेपछि प्रहरीले उनलाई दुर्ब्यवहारकाे मुद्धा चलाएकाे थियाे र यसपछि राउतले गल्ती भएकाे भन्दै सामाजिक सञ्जालबाट माफी मागेकी थिइन।
तर,कहिले माफी माग्ने कहिले प्रहरी झन उग्र भएर गाली गर्ने दाेहराे चरित्र देखाएकी राउतलाई प्रहरीले मुद्धा चलाएरै छाडने जिकिर गरेपछि उनकाे परिवारले नपक्रन बरू राउतलाई प्रहरी समक्ष हाजिर गराउने जिम्मा लिएकाे थियाे। यस अनुसार उनलाई साेमवार प्रहरी समक्ष हाजिर गराइएकाे हाे




