ताजा समाचार

ओलीले वालुवाटारमा देउवालाई किन बोलाए ? चिसोमा गर्मागर्मी कुराकानी निस्केला कि निकास !

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शनिवार विहान पार्टीको एक कार्यक्रममा भन्दै थिए सदन सञ्चालनबारे प्रतिपक्षसँग कुराकानी गर्दैछौ । पार्टी मूख्यालय धुम्बाराइमा भएको सो कार्यक्रमपछि सिधै उनी वालुवाटार पुगे । वालुवाटारमा उनलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रधानमन्त्री ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेस नेता रमेश लेखक कुरिरहेका थिए । विहानै चिसोमा उनीहरुवीच के के कुराकानी भयो होला धेरैको अनुमान थियो कांग्रेस उपसभामुख माग्न वालुवाटार गएको हो ।

तर होइन खासमा प्रधानमन्त्री ओलीले नै देउवालाई बोलाएका थिए । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार विहान बालुवाटारमा लामै छलफल भयो । मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा उनीहरूबीच दुई घण्टा छलफल भएको हो । मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको बताइएको छ । मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गर्नुपर्छ भनेका प्रचण्डपनि सो छलफलमा सहभागी भएका थिए । ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ। त्यही साझा सहमति खोज्न छलफल भएको हो,’ स्रोतले भन्यो ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष कांग्रेससँग छलफल गरेर मात्र गरेका थिए । आइतबार प्रतिनिधिसभा बैठक बोलाइएको छ। बैठक बस्नुअघि सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच छलफल भएको हो । सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। तर सापकोटालाई सभामुखमा रोक्न सर्वोच्चमा रिट परेको छ। सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सर्वोच्चमै मुद्दा छ । हत्याका आरोपीलाई सभामुख बनाउन लागेकोमा विरोध भइरहेका छन् ।

कांग्रेसले यो विषयमा आफ्नो औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । प्रतिपक्षीसँगको छलफलपछि ओली र नेकपा अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल समेत भएको थियो । बैठक सकेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिएपछि उनीहरुबीच छलफल भएको थियो । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच प्रम निवास बालुवाटारमा भएको बैठक झण्डै डेढ घण्टा चलेको थियो । विहान साढे १० बजेदेखि नेता त्रयबीच भएको बैठक दिउसो १२ बजेसम्म चल्यो । बैठकमा बेपत्ता छानविन आयोग र सत्य निरुपण आयोगका सदस्य चयन, र्निवाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त आयुत्तहरुको नियुत्ती र उपसभामुख निर्वाचन लगायतका विषयमा कुराकानी भएपनि त्यसलाई बाहिर ल्याइएको छैन । देउवा बालुवाटारबाट बाहिरिएलगत्तै प्रम ओली–अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *