ताजा समाचार

नाम फेरेर ठगी धन्दामा सक्रिय गेरुवस्त्रधारी–विजय भण्डारी

काठमाडौं उपत्यकाबाट प्रकाशित हुने मुख्य दैनिक पत्रिकाले नेपालमा कारोन भाइरस भेटिएको खबरलाई मुख्य प्राथमिमकता दिएका छन् । भने ठगी, विकास निर्माणमा भएको ढिलाइ एवं समसामयिक राजनीतिक विषयमा समाचार प्रकाशित गरेका छन् ।
कान्तिपुरमा महारजको आवरण्मा ठगी शिर्षकमा मुख्य खबर छ । समाचार अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनः शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर बताउने गेरुवस्त्रधारी–विजय भण्डारी । उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ उद्घाटन गर्न चितवन पुगेका हुन् । आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ ।

अन्नपूर्णले एमसीसीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यो थप सकसमा परेको छ । नेकपाका स्थायी समिति सदस्यहरु भीम रावल, देव गुरुङ र लिलामणि पोखरेलले एमसीसी स्वीकार्न नहुने बताउँदै आउनुभएको छ । पार्टीका शीर्ष नेताहरु भने राष्ट्रिय हितलाई ध्यानमा राख्दै पार्टीले निर्णय गर्ने बताउँदै आएका छन्
कांग्रेस विवाद समाधान भएका तथा नेपालमा कोरोना भाइरस भेटिएको समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।

नागरिकले नेपालमा भित्रिएको कोरोना भाइरसबारे चर्चा गरेको छ भने चीनले तिब्बतबाट नेपालतर्फ बग्ने नदीहरुमा अबरोध नगर्ने बताएका छन् ।

गोरखापत्र दैनिकमा काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको समाचारलाई शीर्ष समाचार बनाइएको छ । भक्तपुरमा प्रस्तावित सिटी ‘काठमाडौं इशान’, ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित ‘काठमाडौं नैऋत्य’ र काठमाडौंकै उत्तरी क्षेत्रमा प्रस्तावित गरिएको ‘ काठमाडौं उत्तर’ को विस्तृत परियोजना तयार भएको समाचारमा लेखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *