ताजा समाचार

बलात्कार अभियाेगीकाे ठाउँमा हत्या अभियाेगी, सापकाेटाकाे अग्नि परीक्षा सुरू

काठमाण्डाैं। अन्तत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट अग्नि सापकोटा बडा कष्टले सभामुख हुने भएका छन । सभामुखको लागि चार महिना देखि चलेको बहश मंगलवार उनको मात्र उम्मेदवारी परेपछि सापकोटा माघ १२ गते निर्विराेध सभामुख हुनेछन । सापकोटालाइ सभामुखमा तिनै ब्यक्तिले प्रस्ताव गरेका छन जसले सवैभन्दा बढी सभामुख पदकाे लालसा गरेका थिए, अर्थात,सुवास नेम्वाङ । उनलाइ पार्टीकै दुइ नेता देव गुरुङ र ओनसरी घर्तीमगर मात्र होइन,मधेशी दल राजपा नेपालले पनि समर्थन गरेको छ । आफै बहुमत भएको नेकपालाइ राजपाले समेत समर्थन गरेपछि अब सापकोटाको वाटोमा तगारो केही पनि रहेको छैन । यति मात्र होइन,सोमवार सम्म अलग उम्मेदवार उठाउने संकेत गरेको नेपाली कांग्रेस समेत रातारात यु टर्न भएर मंगलवार उपसभामुखकाे लागि हात फैलाउन थालेपछि अब सापकाेटालाइ राेक्ने काेही छैन,केही छैन ।
नेकपाले सभामुख पद यतिकै टुंगो लगाएको भने होइन । चार महिनासम्म चलेको बहश र विवाद पछि नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल विच माघ ६ गते बल्ल सहमति जुटेको हो । तर,यसपछि पनि ढुक्कको वातावरण भने बनेको छैन ।
यसपटक सभामुख चयनको लागि नेकपालाइ असाध्यै सकस परेको छ । यसको लागि उसले दुइ जना पात्र सुवास नेम्वाङ र शिवमाया तुम्वाहाङफेको मन दुखाएको छ । कतिसम्म भने जादा जादै उपसभामुख शिवमायाले त बरु राजतन्त्र हटाउन सकियो तर पितृसत्ता हराउन सकिन भनेर गम्भीर दुखेसो गरेकी छिन । उनले नेकपाले पार्टी निर्णय गरेर ठाडो निर्णय गरेको समेत खुलासा गरिन र यसलाइ कुनै हालतमा आफुले नटेरेको समेत बताइन ।
यसले नेकपा भित्र सभामुख प्रकरण कसरी रस्साकस्सीपुर्ण रहेको थियो भन्ने पनि देखाउछ ।
तर यसपछि पनि प्रश्न उठछ,आखिर सभामुख प्रकरण यति पेचिलो किन बनेको थियो त ?
साच्चै भन्ने हो भने नेकपाको एकता प्रक्रिया अझै सकिएको छैन । महाधिवेशन संगै नेकपाको एकता पनि सकिन्छ । पार्टी एकताको भावना सहमतिलाइ हेर्ने हो भने त्यहा एमाले र माओवादी विच ६०–४० भागवण्डा भएको थियो । तर,जब महरा जेल परे तब पुर्वएमाले पंक्तिले सहमति उल्लंघन गर्दै सभामुखमा सुवास नेम्वाङको नाम लिन थाल्यो । यहिंबाट सहमतिमा दरार देखिन थाल्यो । यो प्रकरण कुन हदसम्म पुग्यो भने अध्यक्ष दाहालले सभामुख नदिने हो भने सभामुख र प्रधानमन्त्री पद साटौं सम्म भन्नु परयो । एउटा जिवन्त पार्टीमा यति सम्म छिचोलेर विवाद हुनु भनेको एकताको धागो कमजाेर हुनु हाे । यति मात्र होइन,विपक्षी दल कांग्रेसले सभामुख सत्तारुढ दलले टुंगो लगाउन नसक्ने हो भने कांग्रेसलाइ जिम्मा दिनुस हामी चलाइ दिन्छौं सम्म भन्नु परयो । यसको मतलब नेकपा कतिसम्म तल्लो स्तरमा पुगेर बहश उत्रिएछ र यसको सन्देश कस्तो गएको रहेछ भन्ने वुझिन्छ । यो पृष्ठभुमिमा सभामुखको उम्मेदवार हुन सफल भएका सापकोटाका दुःखका दिन अझै सकिएका छैनन । युद्धकालमा नै मारिएका अर्जुन लामाको मुद्धामा यिनै सापकोटालाइ किटेर त्यो पनि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले सर्वाेच्च अदालतमा मुद्धा दायर गर्नु,उनै प्याकुरेलको इन्सेकले सभामुख चयन गर्नु अघि हत्या अभियाेगीलाइ सभामुख नवनाउँ भनेर वक्तब्य जारी गर्नु र अदालतले यस मुद्धाको पेशी माघ २२ गते तोक्नुले सापकोटाका अबका दिन झन कठिन र चुनौतीपुर्ण छन भन्ने देखिन्छ ।
यस्तो अवस्थामा मुलुकले सभामुख त पाउला तर निष्कलंक र भयरहित सभामुख भने पाउन सक्नेछैन । जसरी महरालाइ रोशनी शाहीको त्रास थियो,उसैगरि सापकोटालाइ अर्जुन लामाको मुद्धाले सताईरहयो भने सभामुख पद कस्तो होला ?
संसद सार्वभौम हो र यो जनप्रतिनिधिको थलो हो । विधि बनाउने थलो यति स्वच्छ र यति निर्भयपुर्ण हुनुपर्छ कि त्यहा जनताको पक्षमा योग्य र उपयुक्त विधि बन्नुपर्छ । भन्न त सभामुखको उम्मेदवार सापकोटाले संसदलाइ अझ उचो राख्नेछु भनेका छन तर,हिजो बलात्कार आरोपी सभामुख र आज हत्याको आरोपी सभामुख रहन पुगे भने यो संसदको गरिमा कति रहला ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *