काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारमा सधै आफू अनुकुलको निर्णय गराउदै आएका थिए । धेरै पटक उनले बलमिच्याई गर्दा पार्टीका नेता तथा कार्यकर्ताहरु रिसाएका थिए । नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली बाहेक अन्य नेता भए उनलाई पार्टी र सरकारबाट हटाउने प्रपञ्च समेत गर्न सक्थे तर उनी पार्टीभित्र निकै शक्तिशाली हुदै आएपछि निर्णय प्रकृयामा हावी हुन थालेका थिए । तर पछिल्लो पटक भने उनले आफू अनुकुलको निर्णय गराउन सकेनन ।
अर्थात उनी ‘व्याग गियर’को शिकार भए । उनले आफू सरहकै नेताहरुलाई अपमान गर्दे निर्णय प्रकृयामा हावी हुँदा सभामुख चयन प्रकृयामा उनलाई ब्याग गियर लागेको हो । ‘उहाँ सधै आफू अनुकुल निर्णय गर्दै आउनुहून्थ्यो अहिले भने नेरुले त्यसमा साथ दिन सकेनन’, नेकपा स्रोतले भन्यो ‘दम्भ बढ्यो त्यसकारण सभामुखमा ओली अनुकुल निर्णय गर्न दिइएन।’ पार्टी एकताका बेला झलनाथ खनाललाई साइजमा ल्याउने भन्दै ओलीले उनको वरियता क्रममै मिचिदिए । अझ सचिवालयमा समेत राख्नु हुदैन भनेर भन्दा माधव नेपालले सचिवालयमा चाहि ल्याउनुपर्छ खनाललाई ल्याइएको थियो । त्यसपछि माधव नेपाललाई साइज ल्याउने भन्दै गत साउनमा नेपाल पाएको वरियताक्रम खोसेर खनाललाई दिए ।
त्यसयता चिढिएका नेताहरुले भैसेपाटीमा भेला भएर ओलीलाई पनि देखाईदिऔ भन्दै सभामुख चयन प्रकृयामा ओलीले जिद्दी गरेर अनुसारको निर्णय हुन सकेन । माधव नेपाल झलनाथ खनाल लगायतले साथ दिने भएपछि सचिवालय बैठकमै भोटिङ हुने अवस्था आएका कारण उनलाई ब्याग गियर लाग्नु स्वाभाविक थियो । नेकपामा अध्यक्षद्धयबाट प्रस्तुत प्रतिवेदनमा पार्टीभित्र गुट उपगुट मौलाएको कुरा स्पष्ट उल्लेख गरिएको छ । तर गुट कसरी मौलायो र कसले चलायो भन्नेबारे प्रतिवेदन बोल्दैन वास्तवमा भन्ने हो भने जसले पार्टीभित्र गुट मौलाएको स्वीकारेका थिए । तर प्रचण्ड आफै वामदेव गौतम निवास भएको गुट भेलामा सहभागी भए ।
तिनैले गुट सञ्चालन गरेका छन् । आफूले गुट सञ्चालन गर्ने, अरुलाई गुट सञ्चालन नगर्नु भनेर हुँदैन । त्यसका लागि सबैभन्दा पहिला आफनो गल्ती कमजोरी सच्याउनु पर्छ । अनि मात्र पार्टीमा एकता कायम हुन्छ भन्ने धारणा बाहिर आएकै बेला सभामुख प्रकरणले ओली प्रचण्डको केही दिन दुरी समेत बढायो । नेकपा गठन भएपछिको गतिविधि हेर्ने हो भने त्यहाँ पार्टी तथा संगठनबाट अपवाद बाहेकका निर्णय त्यहीँ नै ओली अनुकुलकै सर्वस्वीकार्य जस्तो निर्णय हुँदै आएको छ । हालै राष्ट्रियसभाका लागि उम्मेदवार चयन गर्दा पनि त्यो पार्टीका तल्ला कमिटीहरुमा छलफलको विषय बनेन । अन्तिममा सचिवालय बैठक बोलाएर दुई अध्यक्षबीचको सहमतिलाई वैधानिकता दिने काम मात्र गरियो ।
कुनै पनि महत्वपूर्ण विषयमा निर्णय गर्दा आफैले बनाएको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीहरुमा छलफल गरेर निचोड निकालिनु पर्ने हो । नेकपामा ती कमिटीहरुलाई निकम्मा बनाइएको छ भने दुई अध्यक्षमा मात्रै हरेक कुराको निर्णय सिमित बनाइएको छ । सभामुखको उम्मेदवार चयनका लागि अहिले नेकपाभित्र सकस पैदा भएको छ । यो पनि गुटकै कारणले गर्दा हो । कम्युनिष्ट पार्टीमा कुनै पनि निर्णय पार्टी कमिटी मातहतबाट अनुमोदन भएर आउनुपर्ने हो । सभामुखको उम्मेदवार चयनमा पनि यो विधिलाई पाखा लगाउने काम भयो । सचिवालय, स्थायी कमिटी, केन्द्रिय समितिमा यो विषयमा छलफल गर्न नेकपाले आवश्यक नै ठानेको छैन । त्यसकारण पनि सचिवालयका अन्य नेताहरु मिलेर ओलीलाई ब्याक हट्न बाध्य बनाएका हुन ।




