काठमाण्डाैं।गायिका आस्था राउतविरूद्ध प्रहरी उजुरी दर्ता भएकाेछ । प्रहरी जवान रमिसा श्रेष्ठले दिएकाे उजुरी महानगरिय प्रहरी परिसरले दर्ता गरेकाे हाे।यसपछि गायिका राउतकाे खाेजी कार्य प्रहरीले गर्न थालेकाे छ।तर,उनी भने फरार छिन।
केही दिन अघि सिक्किम जाने बेलामा नेपालकाे आन्तरिक विमानस्थलमा सुरक्षा जाँचकाे क्रममा उनले प्रहरी वादविवाद मात्र गरिनन,यसलगत्तै फेसवकुलाइभ मार्फत प्रहरी डण्ठे,प्युसाे भन्दै प्रहरीकाे डण्ठा उसैलाइ घुसाइदिनेसमेत भनेकी थिइन।तर,यसपछि भने उनले गल्ती गरेकाे भन्दै माफी समेत मागिन।तर,यसाे भएपनि आइतवार प्रहरीले अभद्र ब्यवहार गरेकाे भन्दै उनी विरूद्धकाे जाहेरी लिएकाे छ।




