काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले आजदेखि अर्काे व्यवस्था नभएसम्मकाे लागि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी छिन्।
नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो। तर असन्तुष्ट पक्षले शनिबार बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए। भने ताेडफाेड समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालयले आजपनि हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै कर्फ्यू जारी गरेकाे बताएकाे छ । आदेश अनुसार ताेकिएकाे चार किल्लामा पाँच जना भन्दा बढी भेला हुन पाउने छैन ।
बाह्रविसे बजारबाट ३०० मिटर पुर्व, पश्चिममा भाेटेकाेशी पुल राम्चे, उत्तरमा इलाका प्रहरी कार्यलय बाह्रविसे न पा ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिश्कर क्षमादेवी जाने बाटाेकाे सुनकाेशी चाेक सम्म कर्फ्यू जारी गरिएकाे छ ।




