ताजा समाचार

ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्तको घरमा विप्लव समुहले गर्यो बम विस्फाेट

काठमाडौं । चर्चित बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा मुछिएका जग्गा व्यापारी शोभाकान्त ढकालको घरमा प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराएको छ ।

बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।
विप्लव समूहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकाल भएकाेले उनकाे घरमा बम विस्फाेट गरिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *