काठमाण्डाैं। उच्च रक्तचापकाे उपचार गर्न भन्दै नयाँ दिल्लि पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेल राजनीतिक भेटघाटमा लागेका छन।उपचार एकातिर छाडेर उनी भाजपा नेता भेटन पुगेका हुन।
नयाँ दिल्लिमा स्वास्थ्य उपचार गर्न गएकाे भनिएपनि खासमा उनी राजनीतिक शक्ति प्राप्तिकाे लागि गएकाे देखिन्छ। उनले बुधवार मात्र भाजपाका नेता तथा सरकारका रक्षामन्त्री राजनाथ सिंहलाइ भेटेका छन। उनी भाजपाकाे पुर्व अध्यक्ष त हुन तर शक्तिमा भने छैनन। उनै सिंहलाई भेटेर पाैडेलले नेपाल-भारत सम्वन्धकाे वारेमा कुराकानी गरेकाे जनाएका छन।
काठमाण्डाैंमा कांग्रेस सभापति शेरवहादुर देउवासंग शक्ति संघर्ष गरिरहेका पाैडेल अबकाे महाधिवेशनमा सभापति लडन चाहन्छन। यसकाे लागि उनी शक्ति आर्जनकाे काेशिशमा छन।




