ताजा समाचार

सभामुख प्रकरण : शिवमाया अघि सारेर प्रचण्डलाई तह लगाउने ओली अस्त्र प्रयाेग

काठमाण्डाैं। नेकपा भित्र सभामुख प्रकरण निकै पेचिलाे बनेकाे छ । तर,याे कति स्वभाविक र कति वनावटी भन्ने बहश अहिले देखा परेकाे छ। सभामुख प्रकरणमा अब कसलाइ नयाँ सभामुख बनाउने भनेर स्वयम प्रधानमन्त्री केपी अेाली बहशमा सहभागी नहुनु र उपसभामुख शिवमाया तुम्वाहाङफेले निकै मच्चिनुले नेकपा भित्र प्रचण्डलाई तह लगाउने नयाँ खेल भएकाे देखिन्छ।

सभामुख प्रकरणमा प्रचण्ड निकै अघि बढेर पुर्वमाअेावादी खेमाकाे ब्यक्ति नै सभामुख हुनुपर्छ भनेर अग्नि सापकाेटालाइ नमान्ने हाे भने पम्फा भुषाललाई सभामुख बनाउन जुन लविङ गरे यसपछि प्रधानमन्त्री अेाली आफू
निकटका नेताहरूसंग गहन छलफलमा छन। उनले लुटेराहरूलाइ बनाउदिन भनेर निकट नेतालाई भन्न थालेका छन।प्रचण्ड सभामुख जसरी पनि चाहिन्छ भनेर जसरी अडान लिए त्यही घडी देखि अेाली माैन बसेका छन र उनले शिवमायालाई साथ दिएका छन। स्राेतका अनुसार,केपी अेाली यतिवेला सुवास नेम्वाङ नै हुनुपर्छ भन्ने अडानमा नरहेकाे वुझिएकाे छ।

उनले राष्ट्रपति समेत दृढ चाहना भएकाेले शिवमायालाई पनि सभामुख बनाउन सकिने संकेत गरेका छन तर उनी पुर्वमाअेावादीलाई भने कुनै हालतमा सभामुख नवनाउने निश्चय गरेर बसेका छन। याे प्रक्रिया जटिल बनाउने,सभामुख बन्न नदिने र पछि प्रचण्डलाई अप्ठयाराेमा पार्ने उनकाे रणनीति रहेकाे छ। अवस्था कस्ताे देखिएकाे छ भने यदि शिवमायाले राजीनामा दिइनन भने उनलाई नेकपाले न राजीनामा गराउन सक्छ न समानुपातिक सदस्यबाट हटाउन नै सक्छ।

शीतलनिवासकाे गतिलाे सहयाेग पाएर उनी राजीनामा नदिइकन बसेकी हुन।र,प्रधानमन्त्री अेाली सुवास नहुने सर्तमा शिवमायालाइ नै बनाउने मुडमा छन।यहि सुइकाे र सूचना तथा भराेशा पाएकी शिवमाया अहिले वाहिर कसैलाइ टेर्दिन भन्ने दखाउने तर भित्र भित्र प्रचण्डलाई सिद्धयाउने खेलमा छन। उनी प्रचण्डमाथि यति धेरै रिसाउनुकाे पनि खास कारण छ। उतिवेला नेकपा एमालेले उनलाई इजरालयकाे राजदुतमा सिफारिश गरेकाे थियाे तर अेाली सरकार ढल्ने वित्तिकै बनेकाे प्रचण्ड सरकारले उनकाे नाम काटेर अरूलाइ नै राजदुत बनाएकाे थियाे। उनी यसकाे पनि बदला लिइरहेकी छिन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *