ताजा समाचार

संसदीय दलमा ३६ सांसदको फरक मतः संसदभित्र भने हेटौंडामै मतदान (हस्ताक्षरसहित)

काठमाडौं । नेकपाका अधिकांश सांसदले प्रदेश राजधानी काभ्रे बनाउनुपर्छ भन्ने अभिमत जाहेर गरे पनि केन्द्रीय नेताहरु र पार्टीको सचिवालय बैठकको निर्णय विपरित भने जान सकेनन् ।

नेकपाको केन्द्रीय सचिवालय, प्रदेश कमिटी र प्रदेश संसदीय दलको निर्णय र ह्विपअनुसार सबै सांसदले राजधानी हेटौँडा र नाम बागमतीका पक्षमा मतदान गरे पनि पार्टीभित्र भने ३६ सांसदले फरक मत राखेका छन् ।
हेटौँडा उपयुक्त नभएकाले काभ्रे राजधानी हुनुपर्छ भन्दै सांसदहरू लम्सालसहित राजेन्द्र पाण्डे, पशुपति चौँलागाईं, केशव स्थापित, सुरेश नेपाल र विशाल खड्काले हस्ताक्षर गरेका छन । त्यस्तै, शान्तिप्रसाद पौड्याल, वसुन्धरा हुमागाईं, सरस्वती बस्नेत, गोमा भुर्तेल, चन्द्र लामा, हिमाली गोले, जगत सिम्खडा, देवकी श्रेष्ठ, इन्द्रमाया गुरुङ, आङदेण्डी लामा, सुशीला पुन, रत्न ढकाल, रमा आलेमगर, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, मीना ज्ञवाली (नेपाल), उर्मिला कर्माचार्य, माधव पौड्याल, प्रकाश श्रेष्ठ, वसन्त मानन्धर, केशवप्रसाद पोखरेल, शान्ति थिङ, आशामाया तामाङ, हिमनाथ खतिवडा, सरस्वती बाटी, सीता लामा, रचना खड्का, राजेन्द्रमान श्रेष्ठ, कुशुमकुमार कार्की र राजकाजी महर्जनले पनि फरक मतमा हस्ताक्षर गरेका छन । उनीहरुले सो हस्ताक्षर संसदीय दलमा बुझाएका थिए । करिब ८० जना सांसद रहेको नेकपाभित्र आधाभन्दा बढी सांसदहरु हेटौडाको पक्षमा नभएपनि उनीहरुले पार्टीको ह्वीप भने उलंघन गर्न सकेनन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *