काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले सभामुखको किचलो उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित उपाध्यक्ष वामदेव गौतमबीच दुरी बढेको छ । राष्ट्रिय सभाको निर्वाचनमा गौतमलाई उम्मेदवारी बनाउने विषयमा प्रचण्डले गौतमलाई साथ नदिएपछि उनीहरुबीचको दुरी टाढिएको हो । प्रचण्डले चुनाव हारेका नेता नारायणकाजी श्रेष्ठलाई च्यापेपछि गौतमले आफूलाई प्रधानमन्त्री बनाउने भएमात्र र राष्ट्रिय सभामा जाने अडान राखे तर प्रचण्डले प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नुपर्ने र त्यसका धेरै विषयहरु उठ्ने भएकाले तत्काल संभव नहुने बताएपछि गौतमले त्यसो भए राष्ट्रिय सभाम नजाने बताएका थिए । त्यस लगत्तै प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई भेटेर प्रचण्डले आफूलाई सहयोग नगरेको गुनसो गरेका थिए ।
पछिल्लो समयमा उपाध्यक्ष गौतम प्रचण्डसँग ओली असन्तुष्ट देखिएका हुन । दुवै अध्यक्षबीच सहमति हुँदा पार्टी वरियतामा एक स्थान तल झारिएका सचिवालय सदस्य माधवकुमार नेपाल प्रधानमन्त्री ओलीसँग पहिलेदेखि असन्तुष्ट रहँदै आएका छन् । सचिवालयका सदस्यहरुमध्ये बहुमत नै पुग्ने गरि दाहाल, खनाल, नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहितको बैठक गौतम निवासमा बसेपनि गौतमले प्रचण्सँग सहयोग नगरेको भन्दै गुनासो गरेका थिए ।
सभामुख चयनको विषयका कारण दुई अध्यक्षबीच दूरी बढीरहेको समयमा गौतमले आफ्नै निवास भैसेपाटीस्थित बामदेव गौतमको घरमा अध्यक्ष दाहालसहित सचिवालयका नेताहरुको बैठक बसालेर आफ्नो पनि असन्तुष्टि जाहेर गरेका थिए । नेताहरुबीच निरन्तर विवाद बढ्न थालेको छ । विवाद बढ्दै गएपछि नेकपाभित्रको लगातार संसद बैठक स्थगित हुन थालेपछि आलोचना सुरू भएको छ । दलभित्रको विवादले सार्वभौम संसद अनिर्णयको बन्दी हुन नहुने तर्क गरिएका छन् । अहिले ओलीसँग अन्य नेताहरु पनि चिढिएका बेला गौतम भने प्रचण्डसँग रिसाएका हुन । पार्टीभित्र आन्तरिक भागवण्डा नमिल्दा नेताहरु अहिले एकले अर्कोलाई दोष लगाएर टाढिन थालेका छन् । शुरुमा गौतमलाई सांसद बनाउनु पर्छ भनेर सबै नेताहरुले सहमति गरेपनि पछि उनलाई धोका दिने गरेको गौतमक निकट नेताहरुले बताउदै आएका छन् । गौतमलाई आफू अनुकुल प्रयोग गर्न खोजेको उनीहरुको बुझाई छ ।




