ताजा समाचार

यो वर्षको चौथो हिउँदे झरी आजबाट भित्रदै

काठमाडौं । आजबाट याे वर्षकाे चाैथाे हिउँदे झरी भित्रदै छ । पश्चिमी वायुको सक्रियताका कारण आज (सोमबार) बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

मानन्धरका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ। आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ।

भोली मंगलबार देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्भा-गमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

राति देशका पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । हुस्सु लाग्ने र पानी तथा हिउँ पर्ने क्षेत्रमा चिसो ठिहिरो पनि चल्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *