ताजा समाचार

उपसभामुख शिवमायाले भनिन् -पितृसत्ता राजसंस्था भन्दा पनि बलियाे भयाे

काठमाण्डाैं।उपसभामुख शिवमाया तुम्वाहाङफेले पितृसत्ता सामन्ती राजसंस्था पनि बलियाे भएकाे बताएकी छिन।शनिवार आफैले लेखेकाे पुस्तक नेपालमा महिला आन्दाेलनकाे परिचर्चा सार्वजनिक गर्दै उनले नेपाली राजनीति निर्मम हुन थालेकाे बताएकी थिइन।नेकपा सचिवालय वैठकले राजीनामा दिन निर्देशन दिनु भन्दा केही घण्टा अघि सार्वजनिक समाराेहमा वाेल्दै उनले महिलाकाे सहभागी शुन्य बनाउने काेशिश भइरहेकाे समेत बताइन।सार्वजनिक समाराेहमा सभामुख प्रकरणमा भाेलि मात्र वाेल्छु भन्दै पन्छिएकी शिवमायाले पित्तृ सत्ता खतरनाक भएकाे भनेर आफु माथि भइरहेकाे अन्यायकाे वारेमा घुमाउराे जवाफ दिएकी थिइन।

उनले शुक्रवार मात्र अध्यक्षहरू केपी अेाली र पुष्पकमल दाहाल लाइ भेटेर सभामुख छिटाे चयन गर्न र यसकाेलागि अाफु उपयुक्त भएकाे दावी प्रस्तुत गरेकी थिइन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *