ताजा समाचार

पुसभित्र पार्टी एकता नभए कुरेर नवस्ने अध्यक्ष थापाकाे चेतावनी   

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने चेतावनी दिएका छन  । राप्रपा भक्तपुर जिल्ला समितिले  आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन ।

अध्यक्ष थापाले भने“पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।” अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको दाबी गरे ।

कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उgकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *