ताजा समाचार

इरानले स्वीकार्यो गल्ती, भुलबश युक्रेनी विमानमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । अमेरिकी सैन्य अखडामा प्रहार गरिएको क्षेप्यास्त्र भुलबश युक्रेनी विमानमा लागेको इरानले स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको बीबीसीले जनाएकाे छ। बुधबार राति इरानी सेनाले भुलवश यूक्रेनीविमानलाई खसालेको अमेरिकी र क्यानडाको शंका शहि सावित भएको छ ।

यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए।

दुर्घटनामा विभिन्न देशका १७६ नागरिकको मृत्यु भएको थियो। यसअघि ईरानले यो कुरा नकार्दै आएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाको प्रारम्भिक प्रमाणले त्यसतर्फ संकेत गरेको भन्दै घटनाको पूर्ण छानविन हुनुपर्ने माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *