ताजा समाचार

संसदमा विचाराधीन सूचना प्रविधि विधेयकको नेवि संघद्वारा विरोध प्रदर्शन

काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदमा विचाराधीन सूचना प्रविधि विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार विधेयकको विरोधमा माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभाका सहभागीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए । कार्यक्रममा नेता नविन्द्र राज जाेशी, गगन थापा, मनाेजमणी आचार्य, प्रदिप पौडेल, कुन्दनराज काफले, डिल्ली सुवेदी लगायतका नेता तथा विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

तस्वीर : शशांक आचार्य

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *