ताजा समाचार

डढेलोबाट आक्रान्त बनेको अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराईकाे अशाेभनीय कार्य, सिड्नी प्रहरीले रोक्यो भ्रमण वर्षको र्‍याली

काठमाडौं । अष्ट्रेलियाको सिड्नी प्रहरीले नेपाल पर्यटनमन्त्री योगेश भट्टराईले नेतृत्व गरेको नेपाल भ्रमण वर्ष २०२० को र्‍याली निकाल्न रोक लगाएको छ ।

मन्त्री भट्टराईले अष्ट्रेलियाको लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरु र्‍याली सुरु गर्न ठिक्क परेको बेला सिड्नी सिटी काउन्सिलले रोकेको हो । र्‍यालीका लागि अनुमति नलिएको तथा र्‍याली व्यवसायिक लाभका लागि भएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ । र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने भन्दै प्रहरीले रोक गरेको थियो ।

पूरै देश आगलागीको चपेटामा परेको बेला नेपालका पर्यटनमन्त्री भट्टरई भने त्यसको संवेदनशीलतालाई समेत ख्याल नगरी र्याली गर्न प्रमुख अतिथिको रुपमा शनिबारै सिड्नी पुगेका थिए ।
गत सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी अहिलेसम्म कम्तीमा २५ जना मानिसको मृत्यु भइसकेको छ भने ५० करोड भन्दा बढी जनावरहरुको ज्यान गएको छ ।

भ्रमण वर्षको अन्तर्रा्ष्ट्रिय शुभारम्भ आजबाट हुँदै छ । त्यसैका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *