काठमाडौं। इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशको पश्चिमी भूभागमा बदली भइरहेको छ । वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
महाशाखाक अनुसार पश्चिमी वायुको असरले भोलि राजधानी काठमाडौंलगायतका क्षेत्रमा पनि पानी पर्ने पूर्वानुमान छ ।
आज मंगलबार देशका पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का हिमपात हुने जनाएको छ। यस्तै, पश्चिमका केही स्थानका साथै मध्य र पुर्वी भूभागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने भएकोले सतर्क रहनु हुन महाशाखाले अनुरोध गरेको छ ।
शनिबार बाट मौसममा सुधार देखिने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।




