काठमाण्डाैं।नेकपा केन्द्रीय कमिटीकाे वैठक फेरि सरेकाे छ। पुष २३ गते बस्ने भनि यस अघि नै ताेकिएकाे केन्द्रीय कमिटीकाे वैठक अब तीन साता पर सरेकाे छ।अब केन्द्रीय कमिटीकाे वैठक माघ १५ गते वस्नेछ।
नेकपा नेता वामदेव गाैतमलाई केन्द्रीय कमिटीकाे वैठक मार्फत विधान संशाेधन गरि पार्टी उपाध्यक्ष बनाउने तयारी थियाे तर अचानक केन्द्रीय समितिकाे वैठक सारेपछि अब वामदेव उपाध्यक्ष समय पनि झन पर सरेकाे छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षकाे जिम्मेवारी पाएपछि पार्टीकाे स्थायी समिति वैठक,सचिवालय वैठक बसेर केन्द्रिय कमिटी वैठक समेत ताेकेकाे थिए।यसपछि ४४५ सदस्यीय केन्द्रीय समितिकाे वैठक पार्टी एकता भएपछि पहिलाे पटक पुष २३ गते बस्ने तयारी थियाे तर तयारी नपुगेकाे,राष्ट्रियसभा चुनाव पनि यहि बेला परेकाे भन्ने बहाना बनाउदै पुन सारिएकाे हाे।नेकपाकाे केन्द्रीय समितिकाे वैठक अहिलेसम्म एक पटक पनि बसेकाे छैन।
केन्द्रीय कमिटीकाे वैठकमा वामदेव गाैतमलाई उपाध्यक्ष बनाउने देखि लिएर हाल विवाद भइरहेकाे सभामुख चयन प्रकरणकाे बारेमा पनि बहश हुदैथ्याे तर वैठक अचानक सारिएपछि अब यसबारेमा बहश नहुने भएकाे छ।ठाउँ अभावले केन्द्रीय समितिकाे वैठक प्रज्ञा भवनमा बस्ने तयारी थियाे।




