काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका सात जना केन्द्रीय सदस्यहरू बिहिवार भएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन् ।
पौडेल–सिटौला समूहले महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा आयोजना गरेको छलफलमा सहभागी नभएर उनीहरू पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा सहभागी भएका हुन।
बैठकमा केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, आनन्दप्रसाद ढुंगाना, चीनकाजी श्रेष्ठ, नरहरि आचार्य, गोविन्द भट्टराई सहभागी थिए । उनीहरू पाँचै जना वरिष्ठ नेता पौडेल निकट मानिँदै आएका छन् । यस्तै बैठकमा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी र शिवप्रसाद हुँमागाई पनि उपस्थित थिए । चौधरी र हुँमागाई सिटौला समूहकै कोटामा केन्द्रीय सदस्य पदमा मनोनित भएका हुन् ।




