ताजा समाचार

अगामी तीन दिन वर्षा र हिमपातकाे सम्भावना, चिसाेबाट बच्न मौसमविद्काे सुझाव

काठमाण्डौ । देशका विभिन्न ठाउँमा आज सहित अगामी तीन दिन पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतकाे जम्मुकश्मिरबाट नेपाल प्रवेश गरेकाे पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।

त्यस्तै शुक्रबार र शनिबार पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्य वर्षा र हिमपातकाे सम्भावना रहेकाे उनले जानकारी दिइन् ।

उनका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन । त्यस्तै मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाइ छ । तराइका अधिकांश जिल्लामा अहिले हुस्सु र शितलहर चलिरहकाे छ ।

वर्षा र हिमपात भएसँगै देशभरि नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *