काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष सुदूरपश्चिमका इञ्चार्ज भीम रावलले बढी मत पाउने विजयी हुन्छ कि हुँदैन ? भनेर निर्वाचन आयोगलाई प्रश्न गरेका छन् ।
नेता रावलले भने, ‘निर्वाचन आयोगको काम भनेको निर्वाचन गराउनु र बढी मत पाउनेलाई विजयी घोषणा गर्ने हो, यसमा आयोग प्रष्ट हुनुपर्छ।’ आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन आयोगले काम गरिरहेको त होला तर आयोग कता–कता अल्झिरहेको आभाष भएको बताए ।
नेता रावलले भने, निर्वाचन आयोग निर्वाचनमा बहुमत जसले ल्याउँछ त्यसलाई विजयी घोषणा गर्नको लागि हो,’ नेकपाको दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य हाम्रो साथमा छन् । त्यो बहुमतलाई किन आधिकारिक नमान्ने ? निर्वाचन आयोगलाई पनि प्रश्न गर्न चाहन्छु–बहुमतको आधारमा लोकतन्त्र नचल्ने हो भने निर्वाचन के को लागि ?
त्यस्तै, नेता रावलले शनिबार धनगढीमा भएको विरोध प्रर्दशनले जनता के का पक्षमा छन् भन्ने प्रष्ट भएको बताए।




