लुम्बिनी प्रदेश

निजामती विधेयक पारित गर्ने लुम्बिनी प्रदेश सभा बैठकको तयारी

काठमाडौं । लुम्बिनी प्रदेशसभाको २५ औं बैठकले निजामती सेवा विद्येयक पारित गर्ने भएको छ । सो विद्येयक पारित गर्नका लागि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने भएको छ । संघीय निजामती विद्येयक लामोसमयदेखी अनेक विवादका कारण विचाराधिन अवस्थामा रहेको थियो ।

प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यशुची तय भएको छ ।

सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *