लुम्बिनी प्रदेश

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौ । पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा पछाडी सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

बुधबार राति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *